अर्जुनधारा । पछिल्लो समय लागू औषध प्रयोगकर्ताको संख्या बढ्दै गएपछि अर्जुनधारामा लागू पदार्थ दुव्र्यवसनी अन्त्यका लागि सामूहिक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
‘लागू औषध परित्याग गरौं, स्वास्थ्य जीवन रोजौं’ भन्ने नाराका साथ आयोजित जनचेतनामूलक कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
दुव्र्यवसनीमा छिटो लाग्ने भनेको किशोरा अवस्थामा प्रवेश गर्दै गरेका केटाकेटी भएको र उनीहरुलाई समयमै यसबारे जानकारी दिँदा केही हदसम्म न्यूनिकरण हुने हुँदा कार्यक्रमको आयोजना गरिएको सामजिक विकास शाखाका प्रमुख राजविक्रम खड्काले बताए ।
उनका अनुसार अर्जुनधारा नगरपालिकाका १० सामुदायिक विद्यालय र ३२ निजी विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्राको सहभागिता रहेको छ ।
नगर प्रमुख बलदेवसिंह गोम्देनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लागू औषध दुव्र्यवसनी न्यूनिकरण ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक गोविन्द थपलिया रहेका थिए ।
सामुदायिक विकास मञ्च काँकरभिट्टाको सहजीकरणमा भएको जनचेतनामूलक कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई लगायतले बोलेका थिए ।
रिचमोण्ड फेलोसिपका जीवन नेपालीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सामाजिक विकास समिति संयोजक कौशीलाल परियारले गरेका थिए ।
विद्यार्थीसँगै शिक्षक, जनप्रतिनिधि लगायत विभिन्न संघसंस्थाको उपस्थितिमा सम्पन्न जनचेतनामूलक कार्यक्रमको सहजीकरण लागूऔषध न्यूनिकरण ब्यूरोका प्रमुख थपलियाले गरेका थिए ।