हेलिकप्टर दुर्घटनाः पाँचको मृत्यु एक बेपत्ता « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

हेलिकप्टर दुर्घटनाः पाँचको मृत्यु एक बेपत्ता


यलम्वर टाइम्स
२६ असार २०८०, मंगलवार ०८:३१

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९एनए–एमभी हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

चालक दलका सदस्यसहित ६ जना सवार उक्त हेलिकप्टर बिहान १० बजेदेखि सम्पर्कविहीन भएको थियो । अहिले उद्धार कार्य चलिरहेको छ ।