स्वस्तिकामा एनसीसी तालिम बारे प्रवचन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

स्वस्तिकामा एनसीसी तालिम बारे प्रवचन


यलम्वर टाइम्स
२ श्रावण २०८०, मंगलवार ०६:४०

अर्जुनधारा । राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको अर्जुनधारा–८ स्थित स्वस्तिका शिशु सदनमा ४९ औं डिभिजनका लागि तालिमको प्रथम प्रवचन सम्पन्न भएको छ ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अरिदमन गण चारआलीका सेनानी गणेश खत्रीले प्रवचन दिएका थिए । सो क्रममा सेनानी खत्रीले एनसीसीको परिचय, जिम्मेवारी, लक्ष्य र तालिम सञ्चालनको प्रक्रियाहरु बारे जानकारी गराएका थिए ।

तालिमबाट नेतृत्व क्षमताको विकास, अनुशासित, राष्ट्रिय एकताको भावनाको विकास, वफादारिता, इमानदारिता र स्वयंसेवक दस्ताका रुपमा आफूलाई विकास गर्ने हुँदा तालिम विद्यार्थीहरुको लागि आवश्यक रहेको बताइएको छ ।

शिक्षक सुजन त्रिखत्रीले स्वागत गरेको कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी एवम् पत्रकार अमित खम्बूले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन शिक्षक चन्द्रप्रसाद सुवेदीले गरेका थिए ।