यायोक्खाको ३६ औं स्थापना दिवसमा सम्पादक राई सहित तीन पत्रकार सम्मानित « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

यायोक्खाको ३६ औं स्थापना दिवसमा सम्पादक राई सहित तीन पत्रकार सम्मानित


यलम्वर टाइम्स
२३ श्रावण २०८०, मंगलवार ०९:५०

काठमाण्डौ । किरात राई यायोक्खाले आफ्नो ३६ औं स्थापना दिवसको अवसरमा झापाली अग्रज पत्रकार तथा यलम्वर टाइम्सका सम्पादक दिपीन राईसहित तीन पत्रकारलाई सम्मान गरेको छ ।

ललितपुर कुमारीपाटी स्थित मानभवनमा यायोक्खा केन्द्रले ३६ औं स्थापना दिवस मनाउँदै उनीहरुलाई सम्मान गरेको हो ।

जातीय मुक्ति, संस्कार, संस्कृति संरक्षण र सम्वद्र्धनका लागि पत्रकारितामार्फत निरन्तर कलम चलाउँदै आएको भन्दै सम्पादक राईलाई सम्मान गरिएको थियो ।

पत्रकार राईसँगै भद्रगोल किराती र श्रीशिशा राईलाई सम्मान गरिएको थियो । राई जातिको मातृ भाषामा पत्रकारिता गरी भाषाको संरक्षणमा उल्लेखीय योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

भद्रगोल किराती किरात राई पत्रकार संघका संस्थापक हुन् भने श्रीशिशा राई पूर्व उपाध्यक्ष हुन् ।

उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री सुदन किरातीले क्रमशः नगद रु २५ हजार र रु. १०–१० हजार राशीसहित सम्मानपत्रले सम्मान गरेका थिए ।