झापा । आईतबार परेको पानीका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको सतहसँगै ब्यारेजका सबै ढोका खोलिएको छ ।
वर्षाका कारण नदीमा पानीको सतह बढेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको थियो ।
नदीमा पानी तीन लाख क्युसेकभन्दा बढी पुगेसँगै ब्यारेजका सबै ढोका खोल्न लगाएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।