भदौ १८ गते बिर्तामोडमा गौरक्षा अभियान « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

भदौ १८ गते बिर्तामोडमा गौरक्षा अभियान


यलम्वर टाइम्स
१७ भाद्र २०८०, आईतवार ०७:३६

बिर्तामोड । ऊँकार परिवार झापाले भदौ १८ गते झापाको बिर्तामोडमा शान्तिपूर्ण कोणसभा गर्दै गौरक्षा सम्बन्धि सभा गर्ने भएको छ ।

शुक्रबार हिकोला हेरिटेजमा पत्रकार सम्मेलन गर्दै गौमाता नेपालको राष्ट्रिय जनावरमात्र होइन जनवारभित्रकै उत्कृष्ट प्राणी भएको हुँदा रक्षा गर्नुपर्ने बताइयो ।

नन्दकिशोर भारद्वाजको सभापतित्वमा भएको कार्यक्रममा प्रवक्ता व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले मानव एकता, भाइचारा सद्भाव र गौरक्षाका लागि शान्तिपूर्ण सभा हुन लागेको बताए ।

सभामा प्रेम थुलुङ, अशोक सुब्बा, प्रसाद सुब्बा लगायतका वक्ताहरु रहने सचिव मदन मोहन अधिकारीले बताए ।

१५ वटै पालिकामा गौरक्षा सम्बन्धि कार्य समिति बनेको जानकारी गराउँदै पालिकाका जननिर्वाचित प्रतिनिधिहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत रहेको अर्जुनधाराका गुरु अग्नी सिग्देलले यलम्वर टाइम्सलाई बताए ।