डा. उज्वलको सहयोगमा सुम्निमा पारुहाङ स्थापना गरिदै « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

डा. उज्वलको सहयोगमा सुम्निमा पारुहाङ स्थापना गरिदै


यलम्वर टाइम्स
६ आश्विन २०८०, शनिबार ०४:३९

अर्जुनधारा । किराँत राई यायोक्खा अर्जुनधाराले स्थापना गरेको मुन्धुमी पार्कमा सुम्निमा पारुहाङको प्रतिमा स्थापना गरिने भएको छ ।

किरात राई यायोक्खाका सल्लाहकार कुसुम राईका पुत्ररत्न डा. उज्वल राईले उक्त प्रतिमा राख्नका लागि २ लाख ५० हजार घोषणा गरिसके पनि उक्त रकम अपुग भएमा थप्ने गरी घोषणा गरेको यायोक्खा अर्जुनधाराका सचिव सिंहबहादुर राईले यलम्वर टाइम्सलाई बताए ।

प्राकृतिक पर्यटकीय क्षेत्रको रुपमा स्थापित सालबारीको पार्कमा उक्त प्रतिमा राखिने भएको छ । प्रतिमा राख्नका लागि धरान स्थित मूर्तिकार रोजन राईसँग छलफल भइसकेको पनि बताए ।

डा. राई विएण्डसी टिचिङ हस्पितलमा कार्यरत छन् । आफ्नो क्षेत्र र आफ्नो सम्प्रदायमा केही गरौं भन्ने अभिलासा बोकेका राईले इष्ट देवता सुम्निमा पारुहाङ भएको हुँदा प्रतिमाका लागि सहयोग गर्न लागेको बताए ।

उनकी आमा कुसुम राई सामाजिक क्षेत्रमा क्रियाशिल छिन् भने यायोक्खा स्थापनामा ठूलो सहयोग रहेको छ ।