समाजसेवी हरिबहादुरको निधन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

समाजसेवी हरिबहादुरको निधन


यलम्वर टाइम्स
८ आश्विन २०८०, सोमबार १२:४३

भेडेटार । समाजसेवी हरिबहादुर इवाहाङको ७४ वर्षको उमेरमा असमायिक निधन भएको छ ।

धरान र धनकुटाको बीच भेडेटारमा स्थायी घर भएका इवाहाङको यूके (बेलायत) मा भदौ २५ गते निधन भएको थियो ।

ब्रिटिश आर्मीमा भर्ती भई रिटायर्ड जीवन बिताउँदै आएका इवाहाङ भेडेटारलाई उज्यालो बनाउन उनको ठूलो योगदान थियो ।

प्राकृतिक दृष्टिकोणले सुन्दर देखिने भेडेटारमा खानेपानी, बजार व्यवस्थापन र पर्यटकका लागि आकर्षक बनाउन उनको ठूलो हात रहेको छ ।

भदौ २५ गते निधन भए पनि उनको शव असोज ६ गते स्वदेश ल्याएर भेडेटारमै दाहसंस्कार गरिएको थियो ।

उनले मृत्यु हुनुअघि म जहाँ मरे पनि मेरो शव यही भेडेटारको डाँडामा दबाउनु, जहाँबाट मेरो आत्माले धनकुटा, भोजपुर र संखुवासभा हुँदै आफ्नो क्षेत्र हेर्न पाऔं भनेको हुँदा उनको परिवारले स्वदेशमा ल्याएर भने जस्तै दाहसंस्कार गरिएको आफन्त भिमकुमारी राई लिम्बूले बताइन् ।

हरिबहादुरको दाहसंस्कारमा सयौं मलामीहरुको सहभागिता थियो । राजनीतिक दल, स्थानीय संघसंस्था र भेडेटारबासीहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

उनका श्रीमती बिर्खमाया योङहाङ, दुइ छोराबुहारी यज्ञराज, बिमला लिम्बू, दोलीका, पुनम लिम्बू, दुई छोरीज्वाई लक्ष्मी, युवराज राई, रुपा र सुमन राना रहेका छन् ।