दलहरुलाई पछि पार्दै नागरिक अगुवा शेरबहादुरको सानदार बिजय « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

दलहरुलाई पछि पार्दै नागरिक अगुवा शेरबहादुरको सानदार बिजय


यलम्वर टाइम्स
१९ आश्विन २०८०, शुक्रबार १०:२९

सुरुङ्गा । कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा निर्वाचित भएपछि शेरबहादुर थापाले कोटीहोमको सम्रग विकासका लागि आफू प्रतिवद्ध भएर काम गर्ने बताएका छन् ।

नवनिर्वाचित थापा कोटीहोम विकास संस्थामा दलहरुको संयुक्त प्यानल विरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनले दलहरुको संयुक्त प्यालनलाई पछि पार्दै सानदार विजय प्राप्त गरेका थिए । निर्वाचनको मतगणना अनुसार १४७ मतान्तरले स्पष्ट जीत निकालेका हुन् ।

थापाले अध्यक्षका अर्का प्रतिस्पर्धी नरेन्द्रप्रसाद फुयाँललाई पराजित गरेका हुन् । शेरबहादुरले ५२३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नरेन्द्रप्रसाद फुयालले ३७६ मतमात्रै ल्याए ।

यसैगरी, महासचिवमा समेत शेरबहादुर थापाकै प्यानलका दिनानाथ खतिवडा बिजयी भए । खतिवडाले ४३५ मत ल्याउँदा उनका प्रतिस्पर्धी दलका प्रतिनिधि उम्मेद्वार कृष्णप्रसाद घिमिरेलले ४२२ मत ल्याएका छन् । बाँकी सबै पदाधिकारीमा दलका तर्फबाट उम्मेद्वारी दिएका नै विजयी भए ।

पदाधिकारीमा बरिष्ठ उपाध्यक्षमा दलका निर्मल खतिवडाले ४८२ मत ल्याएर विजयी भए । शेरबहादुर प्यालनका डिल्लीराम बाह्रकोटीले ३८९ मत ल्याए । यसैगरी धार्मिक उपाध्यक्षमा दलका प्रकाश थापा ४८१ मतका साथ विजयी भए भने स्वतन्त्रका चन्द्र भेटवालले ३७६ मत ल्याए ।

यसैगरी पर्यटन उपाध्यक्षमा दलकै तर्फबाट अम्बिका खरेलले ४९४ मतले विजयी भए भने स्वतन्त्रका रामप्रसाद अधिकारीले ३६७ मत ल्याए । सचिव पदमा दलका तर्फबाट यामनाथ खतिवडा ४७९ मत ल्याउँदा स्वतन्त्रका युवराज पौडेलले ३३३ मत र अर्का स्वतन्त्र उम्मेद्वार अर्जुनकुमार बस्नेतले ५३ मतमात्र ल्याए ।

कोषाध्यक्षमा समेत दलका तर्फबाट मानबहादुर पौडेलले ४८९ मत ल्याएर विजयी बने भने थापा प्यानलका अम्बिका चापागाईले ३२० मतमात्रै ल्याए । कुल १ हजार १२८ मतमा ९२६ मत खसेको निर्वाचन आयुक्त हरिप्रसाद तिम्सिनाले बताए ।

कोटीहोम धार्मिक विकास सस्थाको निर्वाचनमा यहाँका एमाले, कांग्रेस, माओवादी, राप्रपा, नेकपा एस लगायातका सबै दलहरु एकातिर र शेरबहादुर थापाको प्यानल अर्कातिर चुनावी प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

यसै बीच अध्यक्ष थापालाई कोटीहोमका विभिन्न धार्मिक संघसंस्थाले बधाई ज्ञापन गर्दै सम्मान प्रदान गरेका छन् ।