अर्जुनधारा । बिर्तामोड नगरपालिकामा सञ्चालित शहीद स्मृति प्रतिष्ठानका विद्यार्थीहरुले अर्जुनधारा वडा नं. ३ स्थित शहीद सुखानी पार्क तथा कैदले पर्यापर्यटन क्षेत्रमा सर्भे क्याम्प सम्पन्न गरेका छन् ।
प्रतिष्ठानमा अध्ययनरत डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्ग र डिप्लोमा ईन जियोमेट्रिक्स इन्जिनियरिङ्ग संकायका तेस्रो बर्षका ६५ विद्यार्थीहरुले उक्त स्थानमा सात दिवसी क्याम्प सम्पन्न गरेका हुन् ।
सर्भे क्याम्पमा फ्लाई लेभलिङ्ग, टोपोग्राफिक सर्भे, ब्रिज साइड सर्भे साथै हाइवे सर्भे सम्बन्धित विषयवस्तुमा प्रतिष्ठानद्वारा क्याम्प सञ्चालन गराइएको प्रशिक्षक इन्जिनीयर सुरज तामाङले जानकारी दिए ।
क्याम्पमा सुखानी पार्क र कैदले पर्यापर्यटन क्षेत्रको सरसफाई गरिएको प्रशिक्षक तामाङले बताए ।