रैथाने बाली र घरेलु मदिरालाई ब्राण्डिङमा सहयोग गर्ने प्रतिवद्धता « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

रैथाने बाली र घरेलु मदिरालाई ब्राण्डिङमा सहयोग गर्ने प्रतिवद्धता


यलम्वर टाइम्स
७ असार २०८१, बिहीबार ०९:२२

अर्जुनधारा । परम्परागत घरेलु मदिरा (कोदोको रक्सी)लाई ब्राण्डिङ गरी नगरको स्तरोन्नतिमा लैजान आज (विहीबार) नगर प्रमुख बलदेवसिंह गोम्देनलाई योजनासहित ज्ञापनपत्र बुझाइएको छ ।

‘रैथाने बालीको संरक्षण गरौं, जैविक विविधता बचाऔं’ भन्ने नाराका साथ परम्परागत घरेलु मदिरा प्रवद्र्धन समितिका अध्यक्ष खेसेहाङ खजुम र उपाध्यक्ष देशु वनेमले उक्त ज्ञापनपत्र बुझाएको हो ।

नगर प्रमुख बलदेवसिंह गोम्देनसँग पटक–पटक छलफलपछि रैथाने बालीको संरक्षण र घरेलु मदिराको स्तरोन्नतिमा नगरले देखाएको चासोप्रति मध्यनजर गर्दै समितिले संस्था दर्ता भएको र यसले गर्ने काम, कर्तव्यसहित विधान बुझाएको छन् ।

योजना अनुसार रैथाने बाली कसरी संरक्षण गर्न सकिन्छ, कोदो खेती कसरी गर्ने, कति प्रकारका कोदोहरु हुन्छ, घरेलु मदिरा (कोदोको रक्सी)लाई ब्राण्डिङ कसरी गर्न सकिन्छ भन्ने ज्ञापनपत्रमा उल्लेख भएको अध्यक्ष खजुमले बताए ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख गोम्देनले रैथाने बाली र घरेलु मदिरालाई ब्राण्डिङका विषयमा नगर सचेत र सहयोग गर्न तयार रहेको बताए ।