बैडतीका नरेन्द्र र जुम्लाकी राज्यलक्ष्मीले जीते १० किलोमिटर दौडको उपाधी « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

बैडतीका नरेन्द्र र जुम्लाकी राज्यलक्ष्मीले जीते १० किलोमिटर दौडको उपाधी


यलम्वर टाइम्स
२२ असार २०८१, शुक्रबार ११:३९

केरखा । पश्चिम बैतडीका नरेन्द्रसिंह रावलले दमकदेखि केरखासम्म भएको १० किलोमिटर सडक दौडको उपाधी जितेका छन् । महिलातर्फ भने जुम्लाका राज्यलक्ष्मी रावल प्रथम भएकी छिन् ।

नरेन्द्रसिंहले ३१.३०.२४ मिनेटमा १० किलोमिटर पार गरेका थिए भने राज्यलक्ष्मीले ३९.४६.४८ मिनेटमा निर्धारित दूरी पार गरेकी थिइन् ।

नेकपा माओवादी केन्द्र पूर्वेली संगठन सुदृढिकरण अभियान अन्तर्गत केरखामा समापनसँगै मानवहित संरक्षण मञ्चद्वारा आयोजित दौड प्रतियोगितामा पुरुषतर्फ दोस्रो बजाङ्गका करण रावल, तेस्रो ओखलढुंगाका भिङ्गमार सिंह तामाङ, चौथो तेह्रथुमका विज्ञान लिम्बू, पाँचौ कालेम्बुङका विवेक क्षेत्री र छैठौं भोजपुरका पवन राई भएका छन् ।

यसरी नै महिलातर्फ भोजपुरकी बिनिता राई दोस्रो भएकी छिन् भने तेस्रो भोजपुरकै जुही राई, चौथो पाँथथरकी पुष्पा शेर्मा लिम्बू, पाँचौ भोजपुरकी जुली राई र छैठौं इलामकी यमुना लिम्बू रहेकी छिन् ।

पाँच किलोमिटर दौडमा पुरुषतर्फ सरोज लिम्बू, ओसन राई, पदमकुमार शाह, सुमन भण्डारी, केशव थापा क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैठौं भएका थिए । ्

यस्तै महिलातर्फ प्रथम सुनकला राई, दोस्रो नुसा लिम्बू, तेस्रो समिक्षा दर्जी, चौथो अनुसा धिमाल, पाँचौं मनिता मुर्मु र छैठौं युनिसा लिम्बू भएकी छिन् ।

प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टी उपमहासचिव हरिबेला गजुरेल र प्रदेश नं. १ का संसदीय दलका प्रमुख इन्द्र आङ्बो ‘मौसम’ले सम्मानपत्र र नगद प्रदान गरेका थिए ।

१० किलोमिटर दौडमा प्रथम हुनेलाई नगद रु. ५० हजार र प्रमाणपत्र, ५ किलोमिटरको दौडमा प्रथम हुनेलाई नगद रु. १५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा दोस्रो हुनेलाई पर्यटन तथा वन मन्त्री नारायण बुर्जा मगर र तेस्रो हुनेलाई वन राज्यमन्त्री बन्धना झागडले नगदसहित सम्मान प्रदान गरेका थिए भने केन्द्रीय सदस्य रञ्जीत तामाङ र अर्का केन्द्रीय सदस्य हरिकुमार रानाले सहभागिलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

पर्यटन तथा वन वातावरण मन्त्रालयको सहयोगमा र अखिल नेपाल खेदकुल महासंघ दमक नगरको सहआयोजनामा मानवहित संरक्षण मञ्चले उक्त प्रतियोगिता गराएको थियो ।

प्रतियोगिता छनौटमा रहेका निर्णायकहरुलाई पार्टी झापा जिल्ला संयोजक राजु आचार्य ‘अग्नी’ले प्रमाणपत्र प्रदान गरेका थिए ।

पदम घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा स्वागत समुन्द्र लामा, सञ्चालन डम्बर बोहोराले गरेका थिए ।

प्रतियोगितामा पाँच सयभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।