कृषि बजारलाई पत्र, रैथाने संस्थालाई ठाउँ उपलब्ध गराउ « Yalambar Times
१७ असार २०८२, मंगलवार

कृषि बजारलाई पत्र, रैथाने संस्थालाई ठाउँ उपलब्ध गराउ


यलम्वर टाइम्स
५ श्रावण २०८१, शनिबार ०४:१६

अर्जुनधारा । रैथाने बाली तथा सांस्कृतिक परिकारको प्रवर्द्धन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि बजार व्यवस्थापन समिति बिर्तामोडलाई ठाउँ उपलब्ध गराईदिनु भनी पत्र पठाएको छ ।

रैथाने बालीबाट उत्पादित तत्वलाई ब्राण्डिङ गरि विदेशी रक्सीलाई निरूत्साहित पार्दै आयआर्जन गर्न दबाब परिरहेको बेला कृषि मन्त्रालयले रैथाने बाली तथा संस्कृतिक परिकार प्रवद्र्धनका लागि जोड दिएर स्थान उपलब्ध गराउन कृषि बजारलाई असार २७ गते चलानी नं. ११७ भनी पत्र पठाएको रैथाने बाली तथा सांस्कृतिक परिकारका अध्यक्ष टेकबहादुर खजुमले जानकारी दिए ।

विगत ३ वर्षअघिबाट रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि काम गर्दै ९ जिल्लामा नै संगठन विस्तार गर्दै यस संस्थाले सरकारलाई विदेशी रक्सी र कोदोमा रकम विदेशीएको जानकारी गराउँदै आएको छ ।