एसिया कपः नेपालले आज पाकिस्तानसँग खेल्दै « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

एसिया कपः नेपालले आज पाकिस्तानसँग खेल्दै


यलम्वर टाइम्स
६ श्रावण २०८१, आईतवार १०:०८

झापा । श्रीलंकामा जारी महिला एसिया कप प्रतियोगितामा आज नेपालले बलियो प्रतिद्वन्दी पाकिस्तान विरुद्ध खेल्दै छ ।

प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले उपाधी दाबेदार पाकिस्तान विरुद्ध खेल्न लागेको हो । खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको नेपाल बलियो मानसिकताका साथ मैदान प्रवेश गर्नेछ ।

यता पाकिस्तान भने नेपालसँगको स्पर्धामा पहिलो जितको खोजीमा हुनेछ । पाकिस्तान यसअघि भारतसँग पराजित भएको थियो ।

आठ टिम सहभागि प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र यूएई छन् भने समूह ‘बी’ मा आयोजक श्रीलंकासँगै बंगलादेश, मलेसिया र थाइल्याण्ड छन् ।

नेपालले पाकिस्तानलाई पराजित गरे सेमिफाइनल यात्रा सहज हुनेछ ।