सुनचाँदी व्यवसायी संघ अर्जुनधारामा नरेन « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

सुनचाँदी व्यवसायी संघ अर्जुनधारामा नरेन


यलम्वर टाइम्स
१३ श्रावण २०८१, आईतवार ११:३४

अर्जुनधारा । नेपाल सुनचाँदी व्यवसायी संघ अर्जुनधाराको चौथो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले नरेन खातीलाई अध्यक्षमा निर्वाचित गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा टेकबहादुर गहतराज, सचिवमा कुलबहादुर लाम्गादे र कोषाध्यक्षमा भानुभक्त रसाईली निर्वाचित भएका छन् ।

यस्तै समितिका सदस्यहरुमा भवानी बिक्रम रसाईली, राजकुमारी विश्वकर्मा, कमल दर्नाल, चन्दन गुप्ता र शुभम गुप्ता चयन भएका छन् ।

यस्तै सोही दिन नवनिर्वाचित कार्यसमितिको बैठकले सल्लाहकार समिति पनि चयन गरेको थियो ।

समितिको सल्लाहकारहरुमा राजु लकान्द्री, बीरबहादुर खाती र रमेश रसाईली चयन भएका छन् । संघका जिल्ला उपाध्यक्ष नगेन्द्र बिश्वकर्माको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।