श्रावण २७ गते उदयपुरगढीमा फोजिनले रजत महोत्सव मनाउने « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

श्रावण २७ गते उदयपुरगढीमा फोजिनले रजत महोत्सव मनाउने


यलम्वर टाइम्स
२० श्रावण २०८१, आईतवार ११:४५

उदयपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवस उदयपुरको उदयपुरगढी गाउँपालिकामा गर्ने ऐतिहासिक निर्णय गर्दै फोनिज प्रदेश नं. १ को बैठक सम्पन्न भएको छ ।

बेलका नगरपालिका–८ स्थित खुवालुङ क्षेत्र चतरामा बैठक बस्दै श्रावण २७ गते फोनिज स्थापनाको रजत महोत्सव सो स्थानमा गर्ने निर्णय गरेको हो ।

पालिकाको ऐतिहासिक क्षेत्रहरुको पर्यटन प्रवर्द्धनमा प्रचारप्रसारलाई सहयोग हुने गरी मनाउने निर्णयसँगै बैठकले विभिन्न उपसमिति समेत निर्माण गरेको गरेको छ ।

उपाध्यक्ष राजेन्द्र दुष्टको संयोजकत्वमा व्यवस्थापन उपसमिति, सचिव सन्देश सुब्बाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, कोषाध्यक्ष प्रेम देवानको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति निर्माण गरिएको अध्यक्ष सन्तबीर लामाले बताए ।

यस्तै सुप्रीया राईको संयोजकत्वमा अतिथि स्वागत तथा सत्कार उपसमिति, उदयपुर अध्यक्ष इश्वर बलम्पाकी मगरको संयोजकत्वमा मञ्च, भोजन तथा आवास व्यवस्थापन उपसमिति र पहिचान पत्रकारिता पुरस्कार छनौट संयोजकमा इन्चार्ज भक्तशेर लिम्बूलाई जिम्मेवारी दिइएको छ ।

फोनिज प्रदेश १ का अध्यक्ष सन्तबीर लामाको सभापतित्वमा सम्पन्न बैठकमा प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, सल्लाहकार निलिफा सुब्बा, ललितपुर जिल्लाका संथापक अध्यक्ष प्रकाश राई लगायतको उपस्थिति रहेको थियो ।
ऋयmmभलत बक म्ष्उष्ल च्बष्