अनुचित लेनदेनमा फरार रहेका बस्नेत पक्राउ « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

अनुचित लेनदेनमा फरार रहेका बस्नेत पक्राउ


यलम्वर टाइम्स
२१ श्रावण २०८१, सोमबार ११:०७

बिर्तामोड । अनुचित लेनदेनमा संलग्न भइ फरार रहेका ३४ वर्षीय मधुकर बस्नेत पक्राउ परेका छन् ।

ललितपुर जिल्ला स्थित साबिक टीकाथली गाविस–७ परिवर्तित महालक्ष्मी नगरपालिका वडा नं.६ घर भई हाल झापा बिर्तामोड नगरपालिका वडा नं. ५ मा डेरा गरी बस्ने बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कृष्णप्रसाद शिवाकोटीको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी मधुकर बस्नेत भएको अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाको वारदातपछि उनी फरार रहेका थिए ।

बस्नेत फरार भई सुनसरीको इटहरीमा लुकीछिपि बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरी सुनसरीसँग समन्वयमा प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई झापा जिल्ला अदालतबाट म्याद लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।