दलाल पूँजीवादका विचौलियाले देश चलाएः प्रचण्ड « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

दलाल पूँजीवादका विचौलियाले देश चलाएः प्रचण्ड


यलम्वर टाइम्स
२२ श्रावण २०८१, मंगलवार ०९:४७

बिराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलाल पूँजीवादका सीता खाएका दलहरु एक भएपछि आफूहरुले सत्ता छाड्नु परेको बताएका छन् ।

१८ महिने शासनमा रहेर भ्रष्टाचारी, भुटानी शरणार्थी काण्ड र अन्य भएका घटनाहरुलाई छानबिन गर्दै जाँदा विदेशी विचौलिया र दलाल पूँजीवादका नाईकेहरु एक भएर कांग्रेस र एमाले जस्ता ठूला दललाई उचालेर पाखा लगाएको बताउँदै त्यसले माओवादी केन्द्रलाई नै सजिलो भएको बताए ।

‘हामी देश र जनताको पक्षमा छौं’ अध्यक्ष प्रचण्डले भने, ‘०७२ को संविधानलाई अक्षरस पालना गर्दै जनताले चाहेको अधिकार स्थापित गराउने काममा लाग्दालाग्दै सरकार ढालेर काम गर्न दिइएन ।’
उनले स्वदेशकै दलालहरुले देश चलाएको हुँदा गाउँ–गाउँबाट खबरदारी आवश्यक भएको बताए ।

पार्टीको प्रदेश नं. १ को सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नं. १ को नामाकरण कोशी कि प्रदेश नं. १ भन्ने विषयमा स्थायी समितिले निक्र्योल गर्ने बताए ।

उनले प्रदेश नं. १ को पूर्ण बैठकले पार्टीलाई उचाईमा पुर्याउने थुप्रै आधार पेश गरेका हुँदा ती आधार पार्टी निर्माणमा कोशेढुंगा भएको बताए ।

अध्यक्ष प्रचण्डले यो सरकार लामो समयसम्म नजाने भएको हुँदा कुनै न कुनै दिन हाम्रो थाप्लोमा आउँछ तर पार्टी सत्ता चलाउन नजाने बताए । प्रतिपक्षमा रहेर जनताको भावना र चाहेको अधिकार दिलाउन लाग्ने छ र लग्नुपर्छ भनि निर्दिेशन दिए ।

टीआरसी काण्ड छिटै टुंगोमा पुर्याउने त्यो टुंगोमा पुर्याए केही हदसम्म राहत मिल्ने बताए ।