वनले गर्दै गरेको काम स्वागत योग्य कार्य « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

वनले गर्दै गरेको काम स्वागत योग्य कार्य


यलम्वर टाइम्स
१८ भाद्र २०८१, मंगलवार ०६:५९

वन्यजन्तुका लागि आहारव्याहार गर्नका लागि यतिबेला वन सम्वद्ध सामुदायिक वनहरुले जंगलभित्रै विभिन्न जातका फलफुलका विरुवा लगाउन थालेका छन् । जुकेखाडी, दहिझोडा लगायत अन्य सामुदायिक वनहरुले यस्तो कार्य गर्न थालेको हो । वन्यजन्तुलाई छेकेर होइन उनीहरुका लागि जंगलमै खानेकुरा उत्पादन गरेमात्र सजिलो र आक्रमणबाट बचिने भएको हुँदा यतिबेला सामुदायिक वनहरुले वन्यजन्तुका लागि आहारको व्यवस्थामा ध्यान दिएको हो ।

सामुदायिक वनले मात्र होइन नेपाली सेना र अर्जुनधारा नगरपालिकाको संयुक्त आयोजनामा पशुपंक्षी बास बगैंचा कार्यक्रम अनुसार फलफुलका विरुवा रोप्ने काम सम्पन्न गरेको छ । अर्जुनधाराको जुकेखाडी, हचुमासा, शान्ति, दहिझोडा, हलुवागढ र नमुना आदिमा अमला, तितरी, हर्रो, बर्रो र जमुनाको विरुवा रोपिएको थियो । वनबाट ग्रामिण भेगमा आउने हात्ती र वन्यजन्तु चराचुरु·ीका लागि यो अभियान सुरु गरेका थिए ।

वन्यजन्तुलाई रोक्न थुप्रै रकम खर्चेर गरिएको विधि असफल भएको हुँदा हात्ती हिंड्ने बाटो (कोरिडोर) छुट्याइ हात्तीलाई नचलाउने नीति, नबोलाउने गरियो भने मानव क्षति नहुने देखिन्छ । त्यसले गर्दा राज्यले (कोरिडोर) हात्ती हिंड्ने बाटोलाई मध्यनजर गरी गौडागौडामा तुलफुल लगाउन जरुरी छ । डिभिजन वनले त्यसतर्फ ध्यान दिन जरुरी देखिन्छ ।