एन्जिलाले युरोपियन लिग खेल्ने, निस अट्रोमिटोउ क्लबमा आवद्ध « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

एन्जिलाले युरोपियन लिग खेल्ने, निस अट्रोमिटोउ क्लबमा आवद्ध


यलम्वर टाइम्स
१८ भाद्र २०८१, मंगलवार ०७:०९

झापा । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापोले युरोपियन लिग खेल्ने भएकी छन् ।

एञ्जिलालाई ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउले अनुबन्ध गरेपछि उनी युरोपियन लिन खेल्न लागेकी हुन् । योसँगै सावित्रा भण्डारीपछि उनी युरोपियन लिग खेल्ने दोस्रो खेलाडी बन्ने छिन् ।

एक दशकभन्दा बढी समय एपीएफबाट घरेलु फुटबल खेलेकी एन्जिलालाई क्लबले २०२४–२५ को सिजनका लागि सम्झौता गरेको हो । उनले यसअघि नेपालबाहेक भारत र पाकिस्तानमा फुटबल खेलेकी थिइन् ।

‘पहिलो पटक युरोपियन लिगका लागि अनुबन्ध हुँदा उत्सहित छु,’ एञ्जिलाले भनिन्, ‘हरेक खेलाडीको युरोपमा खेल्ने सपना हुन्छ । लामो प्रयासपछि यो पूरा हुन लागेको छ ।’