कांग्रेसले १११ औं वीपी जयन्ती गाउँ नगरमै मनाउने « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

कांग्रेसले १११ औं वीपी जयन्ती गाउँ नगरमै मनाउने


यलम्वर टाइम्स
१८ भाद्र २०८१, मंगलवार ०८:२५

बिर्तामोड । नेपाली कांग्रेस झापाले नेपाली कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती गाउँ नगरस्तरमा मनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेको अध्यक्षतामा मंगलबार जिल्ला पार्टी कार्यालयमा बैठक बस्दै झापाका १५ वटै गाउँ/नगर समितिको आयोजनामा रचनात्मक कार्यक्रमका साथ १११ औं वीपी जयन्ती मनाउने निर्णय गरेको हो ।

उक्त अवसरमा वीपी कोइरालाले प्रतिपादन गरेका प्रजातान्त्रिक समाजवादी दर्शनमाथि चर्चा–परिचर्चा, रक्तदान, बृक्षरोपण, प्रजातान्त्रिक अगुवाहरुको सम्मान, बक्तृत्वकला, हाजिरीजवाफ, विचार गोष्ठी, सरसफाई लगायतका विविध रचनात्मक गतिविधि गर्न गराउन पनि बैठकले आग्रह गरेको छ ।

सोही दिन भद्रपुरस्थित वीपी कोइरालाको शालिकमा विहान ८ बजे माल्र्यार्पण एवं विचार गोष्ठी कार्यक्रम पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा आयोजना गरिने भएको छ ।

बैठकले नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा जेल, नेल, यातना भोगेका, सर्वश्वहरणमा परेका, प्रवास बस्न बाध्य पारिएका शहीद परिवार, प्रजातन्त्र सेनानी र तिनका परिवारलाई संगठित गर्ने उद्देश्यले भाद्र २५ गते जिल्ला पार्टी कार्यालयमा प्रजातन्त्र सेनानी संघको पाँचौं जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।