तपाईको यो साता (२०८१ भाद्र २२ गते शनिबार) « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

तपाईको यो साता (२०८१ भाद्र २२ गते शनिबार)


यलम्वर टाइम्स
२२ भाद्र २०८१, शनिबार ०४:४६

मेष राशी: यो साता मेष राशीलाई समय शुभकारक छ । धनस्थानमा रहेको राशी स्वामी मंगल एकदम राम्रो चलिरहेको छ । अतः मेष राशीलाई धन लाभ, शत्रु पराजय, वैदेशिक यात्रा सफल रहेको छ । नयाँ कामको थालनी हुनेछ । लगानी साफल हुनेछ । गाडी, बाहन लाभ हुनेछ । पत्नी सुख, व्यापार वृद्धि, आफन्तजनहरुबाट साथ सहयोग प्राप्ति हुनेछ । शुभ अंक १, शुभ रंग रातो

वृष राशी: यो साता वृष राशीलाई समय शुभकारी छ । राशी स्वामी शुक्र त्रिकोणमा शुभ छ । अतः लगानी सफल हुनेछ । न्यायालय मुद्दा मामिलामा विजय हासिल हुनेछ । देवीलाई हरियो नारिवल चडाउनु होस् र १ आवृति चण्डीपाठ गर्नु होला । सोमवारबाट ग्रह परिवर्तन भएसँगै व्यापार बढ्ने र धन प्राप्तिका योग छ । शुभ अंक २, शुभ रंग सेतो ।

मिथुन राशी: यो हाता मिथुन राशीलाई राम्रो छ । धन लाभ, यश लाभ, वैदेशिक यात्रा सफल, स्वास्थ्यमा अलिकता विचार पुर्याउनु होला । पेट सम्बन्धि समस्या हुनेछ । छोटो दूरीको यात्रा गनुपर्ने देखिन्छ । ऋणबाट सावधान रहनुहोला । व्यापारमा चल सम्पत्ती, दैनिक उपभोग्य समानको व्यापार राम्रो छ । देवीको पूजन गरी नरिवल र श्रृंगारको समान चढाउनु होला । शुभ अंक ४, शुभ रंग रातो ।

कर्कट राशी: यो साता कर्कट राशीलाई राम्रो छ । नयाँ कामको थालनी, धन लाभ, आफन्तको साथ सहयोग प्राप्त हुनेछ । सोमवार ॐ नमः शिवायको जप गरी शिवजीको पूजा रुद्राभिषेक दूध चढाएर गर्नुहोस् । व्यापारमा दैनिक उपभोग्य वस्तुको व्यापार राम्रो हुनेछ । यात्रा शुभ छ । ऋण लिएको भए तुरुन्त चुकाउनु होस् । शनि भारी छन् स्वास्थ्यमा पनि ख्याल राख्नुहोस् । शुभ अंक ४, शुभ रंग सेतो ।

सिंह राशी: यो साता सिंह राशिलाई आर्थिक लाभ, व्यापार वृद्धि, पारिवारिक सुख, नयाँ कार्यको थालनी, निर्माणको कार्य हुने छन् । पश्चिम दिशाको यात्रा हुनेछ । घरमा धार्मिक कार्य सम्पन्न हुनेछ । सूर्यको राशी परिवर्तनसँगै धनको आगमन हुनेछ । मित्रहरुको साथ, सहयोग प्राप्त भई नयाँ कार्ययोजना हुनेछ । वैदेशिक यात्रा सफल छ । मांगलिक कार्य सम्पादन हुनेछ । सोमबारदेखि स्वास्थ्यमा लाभ भई मनको कुरा पूर्ण हुने छ । शुभ अंक ५, शुभ रंग रातो ।

कन्या राशी: कन्या राशीलाई यो साता शुभ छ । नयाँ कार्य सम्पादन हुनेछ । शत्रु पराजय भई पराक्रममा वृद्धि हुनेछ । आर्थिक लाभ, मान सम्मान प्राप्ति हुनेछ । मंगलबारदेखि स्वास्थ्यमा विषेश ख्याल राख्नुपर्ने छ । पेट छाती र लिवरको समस्या हुने सम्भावना छ । खानपानमा ध्यान दिनुहोला । सरकारी काममा लाभ, पदोन्नतिको पनि योग छ । गुप्त शत्रु बढ्ने छन्, सावधान रहनुहोला । योजनाहरु सफल छन् । शुभ अंक ७, शुभ रंग रातो र हरियो ।

तुला राशी: यी राशीलाई यो साता शुभ समय रहेको छ । व्यापार वृद्धि आफन्तजनको साथ सहयोग प्राप्त हुनेछ । राशीको स्वामी शुक्र उन्नत भई चलेका छन् । अतः भाग्योदय नयाँ कामको थालनी, मुद्दामामिलामा विजय हाँसिल होला । सरकारी पेशा, मास्टरी पेशा आदि गर्ने कर्मचारीहरुको पदोन्नतिको योग रहेको छ । धितो र ऋणको कारोबार नगर्नु होला । दुर्गाको ९ रुपको विशेष गरि हवन गराउनु होस् शुभ हुनेछ । शुभ अंक ७, शुभ रंग सेतो, कालो ।

वृश्चिक राशी: यो राशीलाई यो साता एकदम राम्रो छ । मंगल शुभ भई केन्द्रमा चलिरहको छन् । धन लाभ, व्यापार वृद्धि, शत्रु पराजय । आफन्तको साथ सहयोग प्राप्त हुनेछ । वैदेशिक यात्रा सफल छ । हनुमानजीको पूजा गरी १०८ लड्डु भोग लगाउनु होस् । ब्राह्मण भोजन गराई मिष्ठान्न बाँड्नु होस् । यात्रा गर्दा सावधानी पूर्वक गर्नुहोस् । गुप्त सत्रु बढ्ने सम्भावना छ । कर्म गर्दा कसैलाई थाहा नदिनु होला । ॐ हैं हनुमते नमः यो मन्त्र जाप गर्नुहोस् मंगलबार र शनिबार कार्य सिद्धी हुनेछ । शुभ अंक ८, शुभ रंग रातो

धनु राशी: यो राशीलाई यो साता शुभ छ । शनिबारबाट ग्रहग्रोचर शुभ भई केन्द्र र मूलत्रिकोणमा शुभ ग्रहको सञ्चार हुँदैछ । त्यसकारण मनोकामना पूर्ण हुनेछ । कारोबारमा वृद्धि, धन लाभ, यश लाभ हुनेछ । परिवारमा मांगलिक कार्य हुने योग छ । भूमि लाभ, सन्तान सुख, स्त्री सुख आदिको योग छ । यात्रा छोटो दूरीको सम्भव छ । शुभ अंक ७, ९ र शुभ रंग पहेलो, निलो ।

मकर राशी: यो साता यस राशीवालाहरुको लागि समग एकदम राम्रो अनुकूल रहेको छ । यो राशीको स्वामी शनि उन्नत भई पञ्चम घरमा छन् । त्यसकारण धन लाभ, व्यापार वृद्धि, शत्रु पराजय, बाहन, भूमि, कृषि आदि कार्यमा लाभ मिल्नेछ । टाढाको यात्रा सफल छ । निजामति कर्मचारीहरुको पदोन्नती, तलव वृद्धि आदि कार्यहरु हुने छन् । सेवामूलक कार्यमा मन लाग्नेछ । शत्रु पराजय र आफन्तजन साथ सहयोग प्राप्त होला । शुभ अंक १०, ११ र शुभ रंग

कुम्भू राशी: समय अलिक ठिक छैन । यो साता सावधानी पूर्वक कार्य गर्नुपर्ने देखिन्छ । राशीमा साडेसाती मध्य छ । शनिको जाप गरी तिल, तेल कालो कपडाले शनिको पूजा गर्नुहोस् । मंगलबारबाट शुभ समय चल्नेछ । लगानी कम गर्नुहोस् । पुरानो कामलाई निरन्तरता दिनुहोस् । शत्रुबाट सावधान रहनुहोस् । ग्रहको जाप लगाई ग्रह शान्ति गर्नुहोस् । यात्रा गर्दा सावधानी पूर्वक गर्नुहोस् । शनिबार हनुमान चालीसा पाठ सात पटक गर्नुहोस् । शुभ अंक ११, ७ र शुभ रंक कालो रङ् ।

मीन राशी: यो राशीको समय एकदम शुभ छ । आम्दामी बढ्ने छ । स्वास्थ्य लाभ, शत्रु पराजय हुनेछन् । राशी स्वामी गुरु शुभ भइ केन्द्र भावमा छन्, पदोन्नति को योग छ । यात्रा सफल छ । विद्या क्षेत्रमा उन्नति होला । लामो दूरीको यात्रा सम्भव छ । ऋणको कारोबार नगर्नु होला । धनको आयआर्जन गर्ने समय छ । आइतबारबाट एकदम सुन्दर लाभकारक समय रहेको छ । शुभ अंक ९, २ र शुभ रंग पहेलो ।