बिर्तामोडमा भदौं २५ देखि एक महिने दशैतिहार लक्षित जुत्ता मेला हुने « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

बिर्तामोडमा भदौं २५ देखि एक महिने दशैतिहार लक्षित जुत्ता मेला हुने


यलम्वर टाइम्स
२३ भाद्र २०८१, आईतवार ११:५४

बिर्तामोड । नजिकिदै गरेको चाडपर्वहरुलाई लक्षित गरेर बिर्तामोडमा एक महिने दशैतिहार महोत्सव तथा जुत्ता मेला हुने भएको छ ।

‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित यही भदौं २५ गतेदेखि असोज २४ गतेसम्म बिर्तामोड स्थित सिटी सेन्टरमा उक्त मेला आयोजना गर्न लागिएको हो ।

स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डलाई आम उपभोक्तामाझ पुर्याई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक समितिका संयोजक होमनाथ उपाध्ययले बताए । संयोजक उपाध्ययले महोत्सवमा जुत्ता चप्पलका २५ स्टल रहने जानकारी दिए ।

उनका अनुसार महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल कम्पनी र ब्राण्डहरु बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज, क्रस रोड सुज गरी ५ वटा कम्पनीका १० भन्दा बढी ब्राण्डका ३ हजारभन्दा बढी मोडलका जुत्ताहरु उपलब्ध हुने बताए ।

मेलामा दशैं तिहार लक्षित नयाँ नयाँ डिजाइनका स्पोर्टस् सुज, क्याजुअल सुज, पाटी सुज, स्कुल सुज, फुटबल, फुटसलका सुज र बालबालिकाका सुजहरु उपलब्ध हुने पनि आयोजकले जनाएको छ ।

सिटी सेन्टर बिर्तामोडको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा हुने महोत्सवमा मेला अवधिभर न्यूनतम् १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको संयोजक उपाध्यायले जानकारी दिए ।

उनका अनुसार हरेक दिन जुत्ता खरीदमा फेसबुक लाइक र शेयर गरेमा २ प्रतिशत क्यास ब्याक समेत दिइनेछ ।