स्व. पाठक परिवारलाई पत्रकार सहारा कोषबाट एक लाख « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

स्व. पाठक परिवारलाई पत्रकार सहारा कोषबाट एक लाख


यलम्वर टाइम्स
२८ भाद्र २०८१, शुक्रबार १२:०४

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बिर्तामोडस्थित महासंघको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्व. पाठककी श्रीमती सीता र बुहारी हिमालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट उक्त रकम सहयोग प्रदान गरिएको हो । कार्यक्रममा महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य र भीम नेम्वाङले झापाली पत्रकारितामा स्वर्गीय पाठकको योगदानको चर्चा गरेका थिए ।