महानन्द चोकमा छुरा प्रहार गरी प्रेमीकाको हत्या « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

महानन्द चोकमा छुरा प्रहार गरी प्रेमीकाको हत्या


यलम्वर टाइम्स
२९ भाद्र २०८१, शनिबार ०२:०४

अर्जुनधारा । अर्जुनधारा–६ स्थित महानन्द चोकमा एक युवतीको छुरा प्रहार हत्या गरिएको छ ।

इलाम फिक्कलकी १९ वर्षकी मनिषा लोहारलाई कैलाली स्थायी ठेगना भएका वर्ष २० का अनिल विकले छुरा प्रहार गरी हत्या गरिएको खुलेको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते युवतीलाई उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा साँझ ७ बजे उनको मृत्यु भएको थियो । उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो ।

छुरा प्रहार गर्ने विक पनि घाइते छन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन् ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दुवैजना प्रेमी–प्रेमिका रहेको बुझिएको छ ।