गुणस्तर सुनिश्चितताका लागि नीति निर्माण गर्दै शनिश्चरे बहुमुखी क्याम्पस « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

गुणस्तर सुनिश्चितताका लागि नीति निर्माण गर्दै शनिश्चरे बहुमुखी क्याम्पस


यलम्वर टाइम्स
३० भाद्र २०८१, आईतवार ०७:३०

अर्जुनधारा । शैक्षिक हब निर्माण गर्नका लागि शनिश्चरे बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्वीएए) मा पुग्न नीति निर्माण कार्य सुरु गरेको छ ।

बिहीबार बसेको बैठकले विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि गर्दै क्वीएएमा पुग्न आवश्यक छलफल गरी विभागीय गठन प्रक्रिया अगाडि सारेको छ ।

क्याम्पस अध्यक्ष हेमराज खरेलको सभापतित्वमा भएको बैठकले क्याम्पसको दिगोपन निर्माणमा हेमराज खरेलको संयोजकत्वमा पाँच सदस्य उपसमिति निर्माण गरिएको थियो ।

यसरी नै लोकनाथ गौतमको संयोजकत्वमा तीन जना सदस्य रहने गरी व्यवस्थापकीय उपसमिति, दिपीन राईको संयोजकत्वमा पाँच सदस्य मानव संशाधन उपसमिति, लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्य प्राज्ञिक वर्ग स्वागत उपसमिति, लवकुश गिरीको संयोजकत्वमा पाँच सदस्य शैक्षिक व्यवस्थापन उपसमिति निर्माण भएको छ ।

बहुमुखी क्याम्पसले असोज १५ गते १८ औं वार्षिकसभा गर्ने भएको र सभाको प्रमुख अतिथि सभामुख देवराज घिमिरेलाई निमन्त्रणा गर्ने भएको पनि जनाएको छ ।