पत्रकार अमित खम्बू वर्ष उत्कृष्ट पताल गंगा सहकारी पुरस्कारबाट सम्मानित « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

पत्रकार अमित खम्बू वर्ष उत्कृष्ट पताल गंगा सहकारी पुरस्कारबाट सम्मानित


यलम्वर टाइम्स
३० भाद्र २०८१, आईतवार ०८:५९

बिर्तामोड । बिर्तामोड ५ मा मुख्य कार्यालय रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाले वर्ष उत्कृष्ट सञ्चारकर्मीका रुपमा पत्रकार अमित खम्बूलाई नगदसहित सम्मान गरेको छ ।

सहकारी क्षेत्रमा कलमको माध्यमबाट योगदान पुर्याएको भन्दै पत्रकार खम्बूलाई वर्ष उत्कृष्ट पुरस्कारले सम्मानित गरेको हो ।

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले पूर्वाञ्चल दैनिकमा आवद्ध पत्रकार खम्बूलाई सम्मानपत्र प्रदान गरेका थिए ।

खम्बूसँगै शेयर सदस्य, ऋणी, ज्येष्ठ सदस्य, कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ज्येष्ठ शेयर सदस्यहरु नरमाया लिम्बू र गंगामाया गिरी, उत्कृष्ट उद्यमी फुलकुमारी तामाङ, उत्कृष्ट बचतकर्ताहरु मानषी लिम्बू, कृतिका पुरी र पुनम चौधरी तथा उत्कृष्ट कर्मचारी बजार प्रतिनिधि कल्पना घिमिरे रहेका छन् ।