आज विश्वकर्मा पूजा मनाइयो, चाडवाडहरु भित्रदै « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

आज विश्वकर्मा पूजा मनाइयो, चाडवाडहरु भित्रदै


यलम्वर टाइम्स
१ आश्विन २०८१, मंगलवार १०:३३

काठमाडौँ । आज असोज १ गते सदाझै यो वर्ष पनि भव्य रुपमा विश्वकर्मा पूजा मनाइएको छ ।

देशभरी नै आज साना ठूला उद्योग, कलकारखाना लगायत फलाम, मेसिनरी सामग्रीहरुको पूजा गर्दै यो पर्व मनाइएको हो । विश्वकर्मा पूजाको दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने जनविश्वास छ ।

सनातन हिन्दू धर्म कथा अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो ।

विश्वकर्मा पूजासँगै नेपालीहरुको घरआँगनमा चाडवाडहरु पनि भित्रिएका छन् । भोलीबाट सोह्र श्राद्ध सुरु हुनेछ । सोह्र श्राद्धमा सन्तानले पितृ भएका आफ्ना आमाबुबाको तिथि पारेर पूजा गर्दै पिण्ड दिने चलन रहेको छ ।

यो सँगैसँगै बडादशैं र तिहार जस्ता पर्वहरुको पनि आइहाल्ने हुँदा चाडहरु भित्रिएको हो ।