अर्जुनधारामा वडा नं. १ बाट माओवादी केन्द बिउझिएको संकेत « Yalambar Times
६ आश्विन २०८१, आईतवार

अर्जुनधारामा वडा नं. १ बाट माओवादी केन्द बिउझिएको संकेत


यलम्वर टाइम्स
६ आश्विन २०८१, आईतवार १०:२४

सिस्ने । नेकपा माओवादी केन्द्र अर्जुनधारा–१ को अध्यक्षमा विजेन्द्र येक्तेन निर्वाचित भएका छन् ।

कुनै बेला सो वडा अर्जुनधारा क्षेत्रलाई राजनीतिक कमाण्ड गरेर हिडेको भए पनि बिचमा पार्टी सक्रिय नहुँदा बिलयको बाटोमा दौडिरहेको थियो ।

शनिबार हलुवागढ सामुदायिक वनको सभाहलमा नवनियुक्त समितिलाई सपथ ग्रहण गराएपछि निर्वाचित अध्यक्ष येक्तेनले पार्टीलाई अन्य ठूला राजनीतिक दलभन्दा अगुवाको बाटोमा उभ्याएर छाड्ने बताए ।

वडा नं. १ महिला नेतृ धर्मशिला चापागाईको गृह वडा हो । सो वडा माओवादी केन्द्रीय सदस्य सरु न्यौपाने र इलाम इन्चार्ज रमणको पनि गृह वडा हो ।

यद्यपी पार्टीले फड्को नमार्नुको पछाडी थुप्रै कारण भए पनि शनिबारबाट संगठनमा एकता, कार्यकर्तामा उत्साह र वडा नं. १ लाई नमूना राजनीतिक क्षेत्र बनाउने उद्घोष भएपछि कार्यक्रमका प्रमुख अतिथि सरु न्यौपानेले वडा नं. १ बाट सुरु भएको राजनीतिक एकता वडा नं. ११ सम्मै सक्रिय रहने विश्वास गरिन् ।

नयाँ समितिलाई शुभकामना दिने क्रममा प्रमुख अतिथि न्यौपानेले भ्रष्टाचारको दलदलमा फसेका दुई ठूला दलले नेपाली जनतालाई महंगीको भूमरीमा फसाएर कमजोर आर्थिक स्थितिबाट उक्सन नसक्ने बनाएको आरोप लगाइन् ।

अर्का केन्द्रीय सदस्य हरिकुमार रानाले नेपाली जनताको भावनामा ठेस लगाएर बयल गाढामा अमेरिका गएका ओली सरकारबाट अझ कष्टकर दिन आउने बताउँदै त्यसबाट सचेत रहन अनुरोध गरे ।

नयाँ समितिको उपाध्यक्षमा बीरबहादुर राई, सचिव रोशन मिश्र, सहसचिव पूर्ण रम्तेल, कोषाध्यक्षमा दिलकुमारी मगराती निर्वाचित भएका थिए ।

यस्तै सदस्यहरुमा राम कार्की, लेखनाथ प्याकुरेल, दुर्गा अधिकारी, राम कडरीया, इन्दिरा निरौला, कृष्ण चम्लगाईं, दिपा विष्ट, भक्त ल्वागुन, ठाकुरसिंह राई रहेका छन् ।

समितिलाई पार्टी नगर अध्यक्ष नारद दुःखी, वडा नं. १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, नेपाली कांग्रेसका मदन ढकाल, राप्रपाका सुरेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।