मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा « Yalambar Times
६ आश्विन २०८१, आईतवार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा


यलम्वर टाइम्स
६ आश्विन २०८१, आईतवार १०:३७

झापा । झापा बिर्तामोड स्थित बीएण्डसी टिचिङ हस्पिटलका सञ्चालक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।

साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द अर्यालले जानकारी दिए ।

प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।