पर्वपछि पछुताउनु नपरोस् « Yalambar Times
७ कार्तिक २०८१, बुधबार

पर्वपछि पछुताउनु नपरोस्


यलम्वर टाइम्स
२३ आश्विन २०८१, बुधबार ०६:३०

हिजोआज देखासिखी गरिने फजुल खर्चले नेपाली समाजलाई धेरै नै पिरोली रहेको तथ्याङ्क सार्वजनिक भएको छ । हिजो रातो चिया पिउन नसक्ने परिवारले महंगो कफी पिउन थालेपछि त्यहिबाट उसको आर्थिक अवस्थामाथि प्रश्न उठ्न थाल्छ । विदेशी परिकारमा कफी पनि आउँछ । दुध उत्पादनको बाटोमा हिड्न नसक्ने, मिठो मसिनोमा मात्र ध्यान दिने हाम्रो बानीले हामीलाई प्रगतितर्फ नभई उद्योगतिको बाटोमा धकेलिरहेको छ ।

विशेष गरी नेपाली समाजमा मेहनत र बचत दुवै चिजको ज्ञान कम भएका कारण र देखासिखी भावना पैदा भएकाले पनि होला हामीमा खर्च गर्ने बानी बसेको । तर, यो बानी यसरी बस्दै जाने हो भने नेपालीलाई अहिलेको भन्दा ठूलो आर्थिक भार आईपर्छ । मेहनत आफैमा आय आर्जनको दर्बिलो पाटो हो । बचत ‘बचाउने र चलाउने तरिका’ आर्थिक उन्नतिमा टेवा पु¥याउने आधार हो । तर नेपाली समाजको त्यसतर्फ पटक्कै ध्यान नपुगेर देखासिखी र मनोरञ्जनमा खर्च गर्ने बानी परेका कारण बिस्तारै आर्थिक भारले भासिदै गएको पाइन्छ । नेपाल बैंकले निकालेको तथ्याङ्क अनुसार बिना उत्पादनमा खर्च गरिने नेपालीको बानीले आर्थिक घाटाको बाटोमा दौडिएको भनाई छ । विशेषतः वैदेशिक रोजगारबाट आफ्ना परिवारलाई पठाएको रकमको सदुपयोग गर्ने बानी नहुँदा र बैंक तथा सहकारीबाट लिएको ऋणले मनोरञ्जन, लताकपडा र रेष्टुरेण्टमा रमाउने जस्ता बानीले पनि नेपालीहरु आर्थिकरुपमा कमजोर हुँदै गएको पाईन्छ ।

तथ्याङ्क अनुसार वडादशैंका नाममा गरिने खर्चपनि डरलाग्दो देखिन्छ । मेहनत, कलाकौशल र शिक्षामा भन्दापनि छिमेकीलाई देखाउने परिपाटीले गर्दा ठूलो धक्का हानेको पाईन्छ । ऋण काडेर गरिने अथिति सत्कार, महंगो रक्सी र मासु, मोवाईल, ग्याजेटमा गरिने खर्च त्यतिमात्र होईन कपडा र दशैं टीकामा आर्शिवाद भन्दा बढी रकम दिने प्रचलनले पनि नेपालीमाथि आर्थिक आक्रमण भएको देखिन्छ । त्यसैले आजैबाट देखासिखी र फजुल खर्चलाई कटौती गर्दै चाडपर्वपछि र भविष्यमा पनि पछुताउनु नपर्ने वातावरणको सिर्जना गरौं । त्यसतर्फ सोच्न जरुरी छ ।