ज्येष्ठहरुको सारथी रविन्द्र « Yalambar Times
२ कार्तिक २०८१, शुक्रबार

ज्येष्ठहरुको सारथी रविन्द्र


यलम्वर टाइम्स
२४ आश्विन २०८१, बिहीबार १०:२३

हल्दिबारी । यतिबेला हल्दिबारी गाउँपालिकाको प्रमुख रविन्द्र लिङ्देन वृद्धवृद्धाहरुको सारथी बन्न पुगेका छन् ।

कहिले १०५ वर्षीय पातलीदेवी राजवंशीलाई बोकेर घरैमा पु¥याउँछन् त कहिले बाढीको उच्च जोखिममा परेकाहरुलाई सहयोग गर्न पुग्छन् । उपचारपछि घर फर्केकी पातलीदेवी राजवंशीलाई बाटोबाट बोकेर ओछ्यानमै पु¥याउँदा १०५ वर्षीय पातलीदेवीले भगवान घरैमा आएको हो कि ? भन्ने लागेको प्रतिक्रिया दिइन् । औषधी उपचार गर्दा पनि अस्पतालमा नै पुगेर निको भइन्छ आमा भनेको पनि पातलीदेवीले सम्झिन् ।

त्यसो त पातलीदेवीलाई मात्र होइन ज्येष्ठ सम्मान कार्यक्रममा थुप्रै वृद्धहरुले अध्यक्ष लिङ्देनलाई आशिर्वाद दिएका थिए । एक सहकारीले गरेको ज्येष्ठ सम्मान कार्यक्रममा अध्यक्ष लिङ्देनले भनेका थिए, ‘ज्येष्ठ बुवाआमाहरुको स्वास्थ्य, सुरक्षा र भत्ता उपलब्ध गराउन हल्दिबारी गाउँपालिका पछि हट्ने छैन ।’

यसो भन्दै गर्दा उपस्थित वृद्ध आमाहरुको गहभरी आँशु देखिन्थ्यो । कार्यक्रमपछि अध्यक्ष लिङ्देनलाई भेटेर आशिर्वाद प्रदान गरेका थिए ।

कार्यक्रमकै बिच अध्यक्ष लिङ्देनले भने, ‘गरिब असहाय तथा हल्दिबारी गाउँपालिकाको सारथी भएर काम गर्ने मौका पाएको छु । समस्या परे डाइरेक्ट कल गर्नुहोस् म सेवामा हाजिर छु ।’

अध्यक्ष लिङ्देन हल्दिबारीको आधारभूत अस्पतालको सेवा सुविधाप्रति सचेत हुँदै दैनिक अवलोकन गर्दै आएका छन् । शिक्षा क्षेत्रलाई चुस्त राख्नका लागि विद्यालय परिषरमै पुगेर विद्यार्थीहरुसँग साक्षत्कार गर्दै हिंडेका छन् ।

उनको कार्य कक्षमा चिया बाहिरबाट आउँदैन । आफैले बनाएको चियाबाट अतिथिहरुलाई सत्कार गर्ने गरेको पाइन्छ । आफ्नो दोस्रो कार्यकाल सम्हाल्दै आएका अध्यक्ष लिङ्देनले सीमित बजेटबाट आफ्नो पालिकाको विकासमा जुटेको त्यहाँका नागरिकहरुले बताउने गरेका छन् ।