इलामबाट ल्याइएको टमाटर अत्यधिक विषादी « Yalambar Times
६ कार्तिक २०८१, मंगलवार

इलामबाट ल्याइएको टमाटर अत्यधिक विषादी


यलम्वर टाइम्स
६ कार्तिक २०८१, मंगलवार ०९:२३

बिर्तामोड । बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि लगिएको टमाटर खान अयोग्य रहेको जनाइएको छ ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको छ । ती टमाटर इलामबाट निर्यात गरिएको हो ।

कृषि थोकका व्यवसायी मनिष शाहले आयात गरेको टमाटरमा ५६.८२१५ अर्गानो फस्फेट देखिएको प्रयोगशालाले जनाएको छ ।

विषादी परीक्षणमा ४५ भन्दा माथि अर्गानो फस्फेट देखिएमा डिस्पोज गर्ने गरिन्छ । यसअघि दानाबारीबाट आयात गरिएको काँचो केरामा पनि अत्यधिक विषादीको मात्रा फेला परेको थियो ।