अर्जुनधारा । गोलधाप युवा परिवारको सक्रियतामा अर्जुनधारा–९ स्थित गोलधापमा ड्रिम डान्स एकाडेमी सञ्चालनमा आएको छ ।
अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य तथा अर्जुनधारा–९ की वडा सदस्य गौरीमाया चिमरीयाले उक्त डान्स एकाडेमीको विधिवत रुपमा उद्घाटन गरेकी थिइन् ।
सेन्टरले बिहानको समयमा जुम्बा र बेलुका विभिन्न समयमा नृत्यका ३ वटा कक्षा सञ्चालन गर्ने गोलधाप युवा परिवारका अध्यक्ष सुरेन राईले जानकारी दिए ।
अध्यक्ष राईले नृत्य प्रतिभाको विकाससँगै, स्वास्थ्य समाज बनाउने उद्देश्यले डान्स एकाडेमी सञ्चालनमा ल्याएको बताए ।
बालबालिका, किशोर र युवाहरुलाई कुलतसँगै अन्य विभिन्न दुव्र्यवसनीमा फस्नबाट जोगाउन अतिरिक्त क्रियाकलापको रुपमा समेत नृत्यकला उपयोगी भएकाले डान्स सेन्टरको सञ्चालन गरिएको उनको भनाई छ ।
अध्यक्ष राईका अनुसार अनिता राजवंशीको प्रशिक्षणमा नृत्य कक्षाहरु सञ्चालन हुनेछन् ।
उद्घाटन कार्यक्रममा सामाजिक व्यक्तित्व प्रदिप चिमरीया, सुखानी शहीद स्मृती प्रतिष्ठानका योगेन्द्र रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टी अर्जुनधारा–९ का सभापति विजय कुवँर लगायतको उपस्थिति रहेको थियो ।
डान्स सेन्टरमा उद्घाटनकै अवसरमा २५ जना प्रशिक्षर्थी भर्ना भएको बताइएको छ ।