चतरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. १ को तेस्रो प्रादेशिक महाधिवेशन पाँचथरको सुन्दर नगरी फिदिम बजारमा हुने भएको छ ।
आदिवासी कूल घरानामा जन्मेर आफ्नो अधिकारसहित संस्कार, संस्कृति र पहिचानको रक्षाका लागि कलम चलाउँदै आएको फोनिजले ऐतिहासिक प्रादेशिक महाधिवेशन माघ ५, ६ गते सम्पन्न गर्न विभिन्न दायित्वसहित तयारी समिति समेत बनाएको छ ।
उदयपुर जिल्लाको बेलका स्थित चतरामा भएको बैठकले पत्रकार महासंघको निर्वाचनमा विजेता तथा उपविजेताहरुको सम्मान गर्दै प्रदेश नं. १ मा फोनिजको मुद्दा स्थापितसँगै निरन्तरता दिने उद्घोष गरेका थिए ।
बैठकमा चुनावी समिक्षा साथै कस्ता नेतृत्व विजय भए भन्ने विषयमा गम्भीर छलफल गरेको फोनिज प्रदेश सचिव सन्देश सुब्बाले बताए ।
प्रदेश अध्यक्ष सन्तबीर लामाको सभापतित्व तथा केन्द्रीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्यमा भएको बैठकमा अग्रज पत्रकार सञ्जय सन्तोषी राई, फोनिज संस्थापक इन्चार्ज दिपीन राई, भिषण राई, अर्जुन जम्नेली राई, निलिफा सुब्बा, भोटराज श्रेष्ठ, हिमाल राई, गजेन्द्र राई, राजेन्द्र दुष्ट, बिनु चेम्जोङ, भूमिका सुब्बा लगायतले आ–आफ्नो विचार राखेका थिए ।
कार्यक्रमको सञ्चालन महासचिव सुसन राईले गरेका थिए ।