तपाई कस्तो माछा खादै हुनुहुन्छ ? « Yalambar Times
१६ माघ २०८१, बुधबार

तपाई कस्तो माछा खादै हुनुहुन्छ ?


यलम्वर टाइम्स
१५ माघ २०८१, मंगलवार १७:१३

क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने फर्मालिन रसायनिक प्रयोग गरी ताजा देखिएको माछा खाँदै हुनुहुन्छ भने होसियार रहनुहोस् । झापामा यस्तो तरिकाले बिक्री वितरण गर्न लागिएको माछा बजारमा बिक्री वितरण गर्न राखिएको छ । धेरै अघि मारिएको माछामा फर्मालिन रसायनिक लगाइग्यो भने आलै जस्तो देखिन्छ । विशेष गरी भारतबाट भित्रिएको विदेशी माछामा फर्मालिन रसायनिक प्रयोग गरिन्छ । रसायनिक पदार्थ प्रयोग गरिएको माछा आलै र ताजै देखिने भएकाले धेरैले आलो माछाको नाममा उपभोक्ताहरुले किन्ने गरेका छन् ।

विशेष गरी माछा बिक्री हुने स्थल झापाको बिर्तामोड शहर हो । ती पसलहरुमा यस्ता रसायनिक पदार्थ प्रयोग गरिएको माछा भेटिन्छ । तर विषादी प्रयोग भएको छ कि छैन भन्ने मापन बिर्तामोडमा नगरिदा धेरै मानिसहरु फर्मालिन विषादी सेवन गरेको हो भन्न सकिन्छ । भारतबाट हप्तामा लाखौं मूल्य बराबरको माछा झापाका बजारहरुमा भित्रिन्छ । प्रायः पश्चिम बंगालको माछा हुने हुदा सडिनबाट बच्नका लागि पनि फर्मालिन प्रयोग भएको विज्ञहरुले बताउने गरेको छ । बजार अनुगमन न त जिल्ला प्रशासनले गर्छ न त स्थानीय तहले नै गर्न सक्छ । अनुगमन नगरिदा नेपाली जनता अप्रत्यक्ष रुपमा माछाको स्वादमा विष सेवन गरिरहेको पाइन्छ ।

यसरी जनताले स्वास्थ्यमा प्रतिकुल असर पर्ने खानेकुरा खादैछन् भन्ने कुरा थाहा हुँदाहुँदै पनि कानमा तेल हाल्नु कमिशन र मौनतामा रमाउनु बडो बिडम्बना हो । यसतर्फ ध्यान पुगोस् सरकार ।