अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ५ खेलकुद विकास समितिको आयोजनामा टोल स्तरीय एक दिवसीय टी–१० खुला नकआउट क्रिकेट र यू–१३ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
आगामी फागुन ३ गते अर्जुनधारा–५ स्थित आधारभूत विद्यालय कञ्चनबारीको खेल मैदानमा क्रिकेट र लक्ष्मीपुर बिहीबारे बजार पूर्व खेल मैदानमा फुबटल प्रतियोगिता सञ्चालन हुने खेलकुद विकास समिति संयोजक बाबा डिआरले बताए ।
‘हाम्रो वडामा ८ वटा टोल छन्’ संयोजक डिआरले भने, ‘दुवै प्रतियोगितामा सबै टोलले सहभागिता जनाउने छन् ।’
बालबालिका र युवाहरुलाई कुलतबाट टाढै राख्न र वडाको उत्कृष्ट टिम निर्माणका लागि पनि टोलस्तरीय प्रतियोगिता गर्न लागिएको उनले बताए ।
प्रतियोगिताको विजेताले नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु. ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।