रातेखाल । अर्जुनधारा–४ रातेखालस्थित नवदुर्गा आधारभूत विद्यालयको ४१ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा आयोजित वार्षिकोत्सवको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक तोयानाथ ओलीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।
जसअनुसार वर्ष उत्कृष्ट शिक्षक सम्मानबाट शिक्षक कुमारी भण्डारी, दिर्घसेवा सम्मानबाट शिक्षक सुशिला भट्टराई, वर्ष उत्कृष्ट अभिभावक सम्मानबाट अभिभावकद्वय कल्पना तामाङ र दीया कुँवर, चन्दादाता सम्मानबाट माधव थापा र दाता शिक्षक रञ्जु खुलाल सम्मानित भएका छन् ।
त्यसैगरी कार्यक्रममा निवर्तमान प्रधानाध्यापक रुद्रप्रसाद खतिवडा, निवर्तमान सहायक प्रधानाध्यापक चुँडाकर्ण घिमिरे, पूर्व शिक्षकद्वय बबिता नेपाल र सुमन कटुवाललाई विदाइ गरिएको थियो ।
सोही कार्यक्रममा विद्यार्थीहरुबाट पिटी प्रदर्शन तथा मार्च पास, रायम्स, गीत, ताण्डव नृत्य, थारु नृत्य, मारुनी नृत्य, साकेला सिली, शिक्षकहरुको सामुहिक नृत्य आदि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपक दाहाल, दहीझोडा सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष देवराज बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शिक्षक चित्रकला दवाडी र विद्यार्थी अनु खतिवडाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक माया गौतमले गरेकी थिइन् ।