आज झापा लगायत तराईका जिल्लामा होली भव्य « Yalambar Times
३० फाल्गुन २०८१, शुक्रबार

आज झापा लगायत तराईका जिल्लामा होली भव्य


यलम्वर टाइम्स
३० फाल्गुन २०८१, शुक्रबार ११:४८

अर्जुनधारा । आज तराईका जिल्लाहरुमा रंगहरुको पर्व होली हर्षोल्लासका साथ मनाइँदैछ ।

पहाडी जिल्लामा फाल्गुन पूर्णिमाको दिन होली पर्व मनाए पनि तराईका जिल्लाहरुमा भने भोलिपल्ट मनाउने चलन अनुरुप आज झापासहित तराईका जिल्लाहरुमा होली मनाइएको हो ।

असत्य माथि सत्यको जित तथा सबै प्रकारका भेदभावलाई हटाउदै एकआपसमा रङ हाल्दै भावनात्मक रुपमा एकता कायम गर्ने पर्वको रुपमा होलीलाई लिने गरिन्छ ।

होली पर्वलाई मर्यादित तरिकाले मनाउन र अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालयले झापाले सुरक्षालाई सशक्त बनाइएको जनाएको छ ।

अनुमति बिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्ने लगायत गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।