ज्येष्ठ नागरिकबाट छोरी–बुहारी सम्मानित « Yalambar Times
४ बैशाख २०८२, बिहीबार

ज्येष्ठ नागरिकबाट छोरी–बुहारी सम्मानित


यलम्वर टाइम्स
३ बैशाख २०८२, बुधबार १४:२२

अर्जुनधारा । यसै नगरमा स्थापित ज्येष्ठ नागरिक मिलन समाजले उत्कृष्ट छोरी–बुहारीहरुलाई एक समारोहको आयोजना गरी सम्मान गरेको छ ।

अर्जुनधारा नगरपालिकाको प्रायोजनमा आयोजित सम्मान कार्यक्रममा नगरका ११ वटै वडाबाट कर्तव्य निष्ठ छोरी र बुहारीलाई छनौट गरी सम्मान गरिएको नगरका उपाध्यक्ष नरेन्द्र तिम्सिनाले जानकारी दिए ।

कार्यक्रममा आमाबाबुको हेरचाहमा छोराको पनि उत्तिकै कर्तव्य र योगदान भए पनि बुढेसकालका सहारा छोरी र बुहारी पहिलो पात्र भएको भन्दै मिलन समाजले छोरी–बुहारी सम्मान गर्दै आएको छ ।

रामप्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लक्ष्मी इङ्नाम, वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडा लगायतले सम्मानितहरुलाई शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव कृष्ण पौडेलले गरेका थिए भने शेखरनाथ अधिकारी लगायतको आतिथ्य रहेको थियो ।