शिक्षक महासंघको आग्रह, ‘निजी विद्यालय पनि बन्द गरिदिनुहोस्’ « Yalambar Times
७ बैशाख २०८२, आईतवार

शिक्षक महासंघको आग्रह, ‘निजी विद्यालय पनि बन्द गरिदिनुहोस्’


यलम्वर टाइम्स
७ बैशाख २०८२, आईतवार १४:५९

झापा । यति बेला शिक्षकहरु सरकार समक्ष आफ्ना विभिन्न मागहरु राखेर सडकमा उत्रिएका छन् । नयाँ शैक्षिक सत्रको सुरुवाति समयमा सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनरत रहँदा निजी विद्यालयले भर्नासँगै पठनपाठन सुरु गरेको देखिन्छ ।

शिक्षक आन्दोलन अनिश्चित भइरहँदा निजी विद्यालय पनि बन्द गरेर सहयोग गर्न संस्थागत विद्यालयलाई आग्रह गरेको छ ।

शिक्षक महासंघले एक विज्ञप्ति निकाल्दै भनेको छ ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरुमा अनुरोध छ ।’

देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउन सबै शिक्षक–कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।