भद्रपुर । जेसीज पूर्वअध्यक्ष समाज, झापाको आयोजनामा एक दिवसीय जेसीज क्षमता विकास तालिम भद्रपुरमा सम्पन्न भएको छ ।
जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि छबिलाल खतिवडाले गरेका थिए ।
झापाका २ प्रस्तावित शाखासहित १८ वटा शाखाका अध्यक्ष र पदाधिकारी गरी ७१ जना सहभागिता रहेको तालिमको सहजीकरण विराटनगर जेसीजका पूर्व अध्यक्ष सेवक बजगाई, नेपाल जेसीज २०१७ का महासचिव भरत प्रसाई र भद्रपुर जेसीजका पूर्व अध्यक्ष बिजय तिम्सिनाले गरेका थिए ।
तालिममा सहभागीहरुको तर्फबाट मेचीनगर लेडी जेसीज बर्ष २०२५ का अध्यक्ष सबिता पोखरेल, कमलनगर जेसीजका अध्यक्ष जेसी भीम अधिकारी र प्रस्तावित हल्दिबारी जेसीजका अध्यक्ष जेसी युनिता दवाडीले तालिम सहभागिताको अनुभव सुनाएका थिए ।
कार्यक्रममा भद्रपुर जेसीजका पूर्व अध्यक्षहरु उज्वल श्रेष्ठ, बसन्त पोखरेल, भरत प्रसाईं, सोम ढुङ्गेल, अनुज खतिवडा, वीरता लेडीका राधा सुब्बा, वीरता जेसीजका याम खड्का, गौरादह जेसीजका हरिचन्द्र अधिकारी, सतासीधाम जेसीजका कुमार सिं साँवा, निर्मला प्रधान, बाह्रदशी जेसीजका संस्थापक अध्यक्ष बिगम श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
भद्रपुर जेसीजका महासचिव ऋषिराज तिम्सिना र सचिव प्रकाश भण्डारीले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा समाजका उपाध्यक्ष विष्णु रिमाल लगायतले बोलेका थिए ।
संस्थाका सदस्य उषा श्रेष्ठले आस्था वाचन गरेको कार्यक्रममा अध्यक्ष रमेश पोखरेलले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।