बिर्तामोडमा २९ लाख बराबरको धनमाल चोरी « Yalambar Times
२६ बैशाख २०८२, शुक्रबार

बिर्तामोडमा २९ लाख बराबरको धनमाल चोरी


यलम्वर टाइम्स
१६ बैशाख २०८२, मंगलवार १५:२०

बिर्तामोड । बिर्तामोडमा दिनदहाडै घरको ढोका फोडेर २९ लाख बराबरको धनमाल चोरी भएको छ ।

सोमबार दिउँसो बिर्तामोड नगरपालिका–४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा कोही नभएको बेला दुईतले घरको पहिलो तलाको मूल ढोकाको चाबी फुटाई चोरी भएको हो ।

दराजमा रहेको नगद ७० हजार , सुनको ढिक अन्दाजी ५ तोला,सुनको हातमा लगाउने ब्रासलेट १ थान,सुनको सिक्री थान २ गरी जम्मा ५ तोला , औँठी थान २, चन्द्रमा ४ आनी ,सुनको हार ५ तोला ४ आनी गरी जम्मा सुन १५ तोला ४ आनी गरी अन्दाजी २९ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।