मेषः यो साता समय सामान्य रहेको छ । आर्थिक कारोबार गर्दा सोचेर गर्नुहोस् । झैझगडाबाट टाढा रहनुहोला । सत्रु पक्षले हानी पु¥याउनेछन् । मंगलबारबाट शुक्रबारसम्म समय खासै राम्रो छैन । यात्रा सफल रहला । शुभ रंग रातो र अंक ९ ।
वृषः यो साता समय मध्यम रहेको छ । पुरानो वादविवाद फैसला हुनेछ । ठूला मान्छेको साथ सहयोग प्राप्त हुनेछ । वैदेशिक व्यापार वृद्धि होला । ऋण लिने दिने कार्य नगर्नुहोला । जग्गा जमिनको कारोबार शुभ छ । शुभ रंग सेतो र अंक २ ।
मिथुनः समय एकमद राम्रो रहेको छ । स्वास्थ्य लाभ, कारोबार बढेर जानेछ । धन लाभ हुनेछ । आफन्तहरुको स्वास्थ्यमा हानी । पारिवारिक उल्झन बढ्नेछ । यात्रा भने सफल रहेको छ । मान, प्रतिष्ठा बढ्ने छ । विद्या सफल । शुभ रंग पहेलो र अंक ७ ।
कर्कटः समय बलवान रहनेछ । आकस्मिक धन लाभ, कार्ययोजना बन्नेछ । भूमिको काम सफल रहनेछ । पुरानो कार्य सम्पादन हुनेछ । बोलीमा सरस्वतीको कृपा रहनेछ । मनमा सुविचार आउला । खर्च कम गर्नुहोस् । शुभ रंग सेतो र अंक ४ ।
सिंहः समय उत्तम रहेको छ । कार्यमा मन लाग्ने छ । धन प्राप्ति, मनमा प्रसन्नता, प्रेम सम्बन्ध प्रगाढ रहनेछ । मित्रहरुको सहयोग रहनेछ । दाम्पत्य जीवन सुखमय रहला । सत्रु पराजय हुनेछन् । गुप्तसत्रुबाट सावधान रहनुहोला । शुभ रंग रातो र अंक ३ ।
कन्याः समय शुभ रहेको छ । घरमा नयाँ पूजा, धार्मिक कार्य हुनेछ । विद्या क्षेत्रमा सफलता रहनेछ । व्यापारबाट धन लाभ, नयाँ व्यवसाय सुरु गर्नुपर्ने देखिन्छ । नयाँ स्थानको यात्रा, तीर्थ भ्रमण । पराक्रममा वृद्धि । शुभ रंग हरियो र अंक ३, ६ ।
तुलाः समय एकदमै शुभ कारक रहेको छ । व्यापारमा उन्नति, उद्योगधन्दाबाट लाभ, कार्य क्षेत्रमा प्रगति हुनेछ । अन्न, फल, सागसब्जी आदिको व्यापारबाट लाभ प्राप्त हुनेछ । विवादबाट टाढा रहनुहोस् । यात्रा सफल रहनेछ । शुभ रंग पहेलो र अंक २ ।
वृश्चिकः समय मध्यम रहेको छ । बोल्दा सोचविचार पुर्याउनुहोला । क्रोधमा वृद्धि हुने योग छ । मंगलबार हनुमानको पूजा गर्नुहोस् । सन्तानबाट सुख प्राप्ति । सत्रुपक्ष निष्कृय रहनेछन् । आफन्तहरुको सहयोग प्राप्त हुनेछ । लामो दूरीको यात्रा नगर्नुहोस् । शुभ रंग रातो र अंक १ ।
धनुः समय उत्तम रहेको छ । व्यापारमा लाभ हुनेछ । आर्थिक कारोबार बढेर जानेछ । वस्त्र, आभूषण आदिको व्यापार शुभ हुनेछ । जागिर पेसामा असन्तुष्टि रहनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोस् । पठनपाठनमा उन्नति, नयाँ स्थानको यात्रा गर्नुपर्ने छ । शुभ रंग पहेलो र अंक ९ ।
मकरः समय शुभ रहेको छ । अन्त्य साढेसाति चले पनि शनि योग कारक छन् । त्यसकारण तेल, कोइला, भूमि आदिको व्यापारमा लाभ हुनेछ । तीर्थ यात्रा, लामो दूरीको यात्रा, वैदेशिक यात्रा पनि शुभ छ । कार्य सिद्धीको योग छ । शुभ रंग कालो र अंक १०, ५ ।
कुम्भः मध्यम फलदायी रहेको छ । आफन्तहरुको सहयोग प्राप्ति, नयाँ व्यापारको थालनी, वैवाहिक सम्बन्धमा मधुरता, प्रेम प्रसङ्गमा विजय प्राप्तिको योग छ । सत्रु षडयन्त्रबाट जोगिनु पर्नेछ । अनावश्यक खर्चबाट जोगिनु होला । शुभ रंग कालोे र अंक ७ ।
मीनः एकदम राम्रो समय रहेको छ । कार्य सम्पन्नता, व्यापारमा वृद्धि, धनको लाभ, सत्रु पराजय आदिको योग छ । गुरु वृहस्पती योगकारक छन्, विद्या क्षेत्रमा उन्नति हुनेछ । आफन्तको सहयोग रहनेछ । टाढाको तीर्थ यात्रा गर्नुपर्ने देखिन्छ । शुभ रंग पहेंलो र अंक २, ७ ।