बिर्तामोड । उद्यमी तथा व्यवसायी जोया सुब्बाले अर्जुनधारा–११ स्थित नयाँ बसपार्क बिर्तामोडको थाम्सुहाङ मार्केटमा एक्सथ्री बक्सिन क्लब ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएकी छिन् ।
कुनै दिन बक्सिङ खेलबाट नेपाललाई चिनाउँदै गएको तर हिजोआज उक्त खेललाई प्रोत्साहित नगर्दा हराउँदै गएको हुनाले प्रदेशस्तरीय आधुनिक सुविधा सम्पन्न ट्रेनिङ सेन्टरसहितको क्लब खोलेकी हुन् ।
क्लबमा सहभागि हुने खेलाडीलाई प्रशिक्षक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका गोल्डमेडलिस्ट डम्बरबहादुर लिम्बू रहेका छन् भने अर्का अन्तर्राष्ट्रिय खेलाडी गोल्डमेडलिस्ट कुमार थापाको प्रशिक्षण रहनेछ ।
युवा व्यवसायी जोया सुब्बाको लगानी र बक्सिङ खेल क्षेत्रलाई प्रदेशभरी चिनाउने लक्ष्यका साथ खोलिएको खेलाडी तथा क्लब व्यवस्थापन समितिका सचिव धिरज मावो लिम्बूले जानकारी दिए ।
क्लबले कुलतबाट बाहिर आउन र सकरात्मक चिन्तन बोकेका खेलाडी उत्पादनसँगै सुन्दर समाज निर्माणमा टेवा पुग्ने लक्ष्य रहेको व्यवसायी जोया सुब्बाले यलम्वर टाइम्सलाई बताइन् ।
दक्ष, अनुभवि प्रशिक्षकबाट विभिन्न सरकारी निकाय र गैरसरकारी संघसंस्थासँगको सहकार्यमा तालिम र प्रतियोगिता सञ्चालन गरिने, महिला खेलाडी उत्पादन, शारीरिक तन्दुरुस्ती र आत्मा सुरक्षाको विकास गर्न विशेष जोड दिने उद्देश्य रहेको छ ।
जोया सुब्बा आफै पनि पहिचानवादी महिला नेतृ भएको हुँदा समाजमा यस्ता खाले क्लब स्थापना गरेर अगाडि बढाउँदा उपयुक्त नै हुन्छ भन्ने आत्मा विश्वासका साथ सबैलाई क्लबमा सहभागि हुन अनुरोध समेत गरेकी छिन् ।