जेसीज अभियान्ता विनोद बस्नेतको असमायिक निधन « Yalambar Times
२६ बैशाख २०८२, शुक्रबार

जेसीज अभियान्ता विनोद बस्नेतको असमायिक निधन


यलम्वर टाइम्स
२६ बैशाख २०८२, शुक्रबार १२:१२

बिर्तामोड । जेसीजका चम्किला अभियान्ता तथा युवाहरुका प्रेरणाका स्रोत बिर्तामोडका युवा व्यवसायी विनोद बस्नेत मृत भेटिएका छन् ।

आफ्नै घरमा उनले झुन्डिएर आत्महत्या गरेका हुन् । उनी झापा गोल्डकपका पूर्वअध्यक्ष भएर सफल कार्यकाल पार गरेका अभियान्ता पनि हुन् ।

नेपाल जेसीज वर्ष १४ का राष्ट्रिय कोषाध्यक्ष तथा पूर्व क्षेत्रलाई जेसीज निर्माण गर्न प्रेरणा दिने व्यक्ति भनेर चिनिएका बस्नेत अर्जुनधारा जेसीजलाई यहाँसम्म ल्याउन उनको ठूलो भूमिका रहेको पनि छ ।

बिर्तामोड १ स्थित आफ्नै घरमा शुक्रबार आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल शिल गरेको छ । मृतक बस्नेत अनेकौं सामाजिक तथा व्यवसायिक संघसंस्थामा कार्यरत थिए ।

५२ वर्षीय बस्नेतलाई शुक्रबार बिहान १०ः३० बजे आफू सुत्ने कोठाको सिलिङ फेनमा सलको पासो लागेर झुन्डिएको अवस्थामा आफन्तले देखेपछि पासो काटेर भुइँमा झारेका थिए । १०ः४० बजे भुइँमा झारेर हेर्दा बस्नेतको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

कृष्णबहादुर बस्नेतका जेठा छोरा उनी झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का कार्यसमिति सदस्य र मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए ।

यस्तै, अन्य सामाजिक संघसंस्थामा आवद्ध समाजसेवी बस्नेतको निजी यामाहा मोटरसाइकल विक्रेता सयपत्री ट्रेड लिंकलगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत हुन् ।

बस्नेतकी श्रीमती र एक छोरी रहेका छन् । श्रीमती कोपिला बस्नेत अधिवक्ता हुन् भने एक मात्र छोरी विभूति एमबीबीएस अध्ययनरत रहेको जनाइएको छ ।