टाङटिङमा नदीजन्य सामग्री उत्खनन् बन्द « Yalambar Times
२७ बैशाख २०८२, शनिबार

टाङटिङमा नदीजन्य सामग्री उत्खनन् बन्द


यलम्वर टाइम्स
२७ बैशाख २०८२, शनिबार ०८:१५

रातेखाल । अर्जुनधारा नगरपालिका वडा नं. ४ ले टाङटिङ नदीमा जथाभावि उत्खनन् गरेको भन्दै बैशाख २६ गतेबाट नदीजन्य सामग्री उत्खनन् तथा ओसारपोसारमा रोक लगाएको छ ।

२५ गते बसेको जनप्रतिनिधिसहितको सर्वदीय, सर्वपक्षिय भेलाले नदीजन्य सामग्री उत्खनन् नरोके जनता नै प्रतिकारमा उत्रिने चेतावनी दिएपछि वडा नं. ४ ले रोक लगाएको हो ।

मापदण्ड विपरीत नदी उत्खनन् गर्दा कृषि कुलो पैनी सुकेको, पानीको मुहान उठाउन समस्या भएको, आसपासका ट्युवेल तथा इनरमा पानीको समस्या आएको, नजिकका खेती योग्य जमिनमा सुक्खा भएको भन्दै उत्खनन्मा रोक लगाइएको वडा नं. ४ कार्यालयले जनाएको छ ।

त्यस्तै ट्रिपरले पानीसहित नदीजन्य सामग्री बोग्दा कालोपत्रे सडक तहसनहस भएको, बालबालिका र वृद्धहरुलाई असर परेको भन्दै उत्खनन् कार्यलाई रोकिएको वडाध्यक्ष अम्बरबहादुर कटुवालले जानकारी दिए ।