हुण्डरीले घर भत्काउँदा एकको मृत्यु « Yalambar Times
१० असार २०८२, मंगलवार

हुण्डरीले घर भत्काउँदा एकको मृत्यु


यलम्वर टाइम्स
२ जेष्ठ २०८२, बिहीबार १५:१६

हल्दिबारी । हावाहुरीले घर भत्काउँदा झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति आएको हावाहुरीले घर भत्काएर थिच्दा हल्दीबारी ५ स्थित त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

टिनको छाना भएको टाडेघरमा सुतिरहेको अवस्थामा बिमले थिचेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी हुनसाथ प्रहरी घटनास्थल पुगेको थियो । घटनाबार थप अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ ।