अर्जुनधरामा साकेला सिली सम्पन्न « Yalambar Times
१० असार २०८२, मंगलवार

अर्जुनधरामा साकेला सिली सम्पन्न


यलम्वर टाइम्स
१९ जेष्ठ २०८२, आईतवार १३:३६

अर्जुनधारा । किरात राई समुदायको पर्व उभौलीको अवसरमा अर्जुनधारामा साकेला सिली प्रस्तुत गरिएको छ ।

किरात राई यायोक्खा अर्जुनधारा नगर समितिको आयोजनामा सम्पन्न साकेला सिली कार्यक्रम प्रमुख अतिथि किरात राई यायोक्खा झापाका अध्यक्ष गणेश चाम्लिङ राईले मुन्धुम पार्कमा रहेको तीन चुल्होमा आगो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

यस्तै सोही क्रममा किरात राईहरुको इष्टदेवी सुम्निमा–पारुहाङको प्रतिमामा माल्यार्पण गरेका थिए ।

यायोक्खा अर्जुनधाराका अध्यक्ष विजय साम्पाङ राईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई, सल्लाहकार क्या. शिवकुमार राई, वरिष्ठ उपाध्यक्ष भूपा थुलुङ राई, किराँत राई विद्यार्थी संघ झापा प्रतिनिधि अर्जुन कुमार राई, आदिवासी जनजाति महासंघ अर्जुनधारा नगर समन्वय परिषदका अध्यक्ष कर्ण तामाङ, नेवा देय दवु अर्जुनधाराका प्रतिनिधि भीम कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

सोही अवसरमा ज्येष्ठ नागरिक लालमाया राई, भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताद्वय कर्ण बहादुर तामाङ र नरेन्द्र कोयु राईलाई सम्मान–पत्रसहित सम्मान गरिएको थियोे ।

आयोजकसहित जिल्ला भरिका १२ साकेला नृत्य टोलीको सहभागिता कार्यक्रमका सञ्चालक तथा सचिव र सचिव सिंहबहादुर राईले बताए ।