वीपीको स्मृति दिवसमा रक्तदान « Yalambar Times
७ श्रावण २०८२, मंगलवार

वीपीको स्मृति दिवसमा रक्तदान


यलम्वर टाइम्स
७ श्रावण २०८२, मंगलवार १७:०८

अर्जुनधारा । महामानव वीपी कोइरालाको ४३ औं स्मृति दिवसमा रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको छ ।

तरुण दल अर्जुनधारा वडा नं. ७ को आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा १९ जनाले रगत दिएका थिए ।

तरुणका सभापति कविन्द्र सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राजकुमार बराइली रहेका थिए ।

कार्यक्रममा नगर सभापति हेमराज खरेल, महिला नेतृ सरस्वती सिटौला, किरण श्रेष्ठ, रामबाबु धिमाल, उपेन्द्र बस्नेत, नवराम ढुंगाना लगायतको आतिथ्य रहेको थियो ।

स्मृति दिवसमा सहयोग गर्नुहुने सबैलाई तरुण सभापति सिटौलाले धन्यवाद प्रकट गरेका थिए ।